• २०८० असोज ११ गते बिहिवार

बागलुङ प्रहरीको सक्रियता लागु औषध दुर्व्यसन नियन्त्रण गर्न ४० जनाको पहिचान २७ जना पक्राउ

पढ्न लाग्ने समय : २ मिनेट
  • खबर24 नेपाल केन्द्रीय ब्यूरो

जेठ १, बागलुङ । जिल्ला प्रहरी कार्यालय बागलुङले पछिल्लो समय लागु औषध नियन्त्रण अभियानलाई कडाईका साथ अघि बढाएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङले लागु पदार्थ दुर्व्यसनबाट समाज र ब्यक्तिमा पर्नसक्ने सम्भावित खतरा न्युनीकरणका लागि मंगलबार कार्यालयमा पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरी यसको जानकारी दिएको हो ।

पत्रकार अन्तरक्रियामा जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख एवं प्रहरी उपरीक्षक कृष्णप्रसाद शर्माले पहिलो चरणमा ४० जना लागुऔषध दुव्र्यसनीहरुको पहिचान गरी परामर्श शुरु गरिएको जानकारी दिए । लागु औषध दुर्व्यसनीले दिएको सूचनाकै आधारमा २७ जनालाई नियन्त्रणमा लिईएको पनि प्रहरी उपरीक्षक शर्माले जानकारी दिनुभयो । एक जना लागु औषध दुव्र्यसनीलाई जिल्ला प्रहरी कार्यालय बागलुङबाट रु १० हजार दिएर लागु औषध विक्री वितरणकर्ता पत्ता लगाई नियन्त्रणमा लिन पठाएको निज दुर्व्यसनी फरार रहेको पनि प्रहरी उपरीक्षक शर्माले जानकारी दिए ।

प्रहरीले नियन्त्रणमा लिएका १३ जना लागु औषध दुर्व्यसनीलाई अभिभावक संग परामर्श तथा छलफल गरी परिवारको निगरानीमा जिम्मा लगाईएको र ६ जना जटिल प्रकारका दुव्यसनीलाई अभिभावकको सल्लाह बमोजिम सुधार गृहमा पठाईएको र ८ जनालाई काुनन बमोजिम कारबाही प्रक्रिया अगाडी बडाईएको प्रहरी प्रमुख शर्माले बताए ।

प्रहरीका अनुसार हाल लागु पदार्थ दुर्व्यसनी र सम्भावित बिक्रिकर्ता २० जना तारिखमा रहेका छन् । लागु औषध दुर्व्यसनी बिशेष गरी २० बर्ष मुनीका रहेको प्रहरीले जनाएको छ । लागु औषध दुर्व्यसनीहरुमा २ जना क्रमशस् ३३ र ४० बर्षका रहेका छन् । बिशेष गरी पढाई तर्फ ध्यान नभएका तथा अन्य कुनै पनि काम नभएका ४ जना लागु औषध दुर्व्यसनीहरुले प्रयोग गर्ने ४ वटा मोटरसाईकल समेत नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक शर्माको भनाई छ ।प्रहरीले जिल्लाका बिभिन्न स्थानमा लागु औषधको सेवन बिक्रिवितरण तथा ओसार पसार जस्ता कानुन बिपरीतका कार्यमा संलग्न ब्यक्ति तथा सम्भवित स्थानमा समेत कडा निगरानी सहित खोज तलास जारी राखिएको जनाएको छ ।

अवैध लागु औषध प्रहरी नियन्लागु औषधको बेचबिखन तथा ओसारपसार गर्नेलाई लागु औषध नियन्त्रण ऐन २०३३ बमोजिम कारबाही हुने प्रहरी प्रमुख शर्माले बताए । जिल्ला प्रहरी कार्यालय बागलुङले सन्चालनमा ल्याएको लागुऔषध नियन्त्रण अभियानलाई अभिभावक, समाज, दुव्र्यसनी, विभिन्न संघसंस्थाहरुले एक्येवद्धता जनाउनु समय सापेक्ष छ । लागु औषध नियन्त्रण कार्यमा प्रहरीको मात्र मुख नताकी सबै तप्का र तहबाट यसको नियन्त्रणमा सहयोग आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस