वैशाख २ काठमाडौं । आइतबार राति भएको खेलमा लिभरपुलले चेल्सीलाई आफ्नै घरेलु मैदानमा पराजित गरेको हो । लिभरपुलको जितमा साडियो माने र मोहम्मद सलाहले गोल गरे ।
लिग लिडर लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीलाई पराजित गरेको छ ।पहिलो हाफसम्म गोलरहित बराबरी खेलेको लिभरपुलले दोस्रो हाफमा भने दुई गोल थप्न सफल भयो । चेल्सीले भने पाएको अवसरलाई पनि सदुपयोग गर्न सकेन ।
खेलको ५१ औं मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई १–० गोलको अग्रता दिलाए । त्यसको दुई मिनेटपछि नै सलाहले गोल गर्दै २–० को अग्रता दिलाए । बाँकी समयमा गोल हुन नसकेपछि लिभरपुलले चेल्सीलाई २–० गोलको जित दिलाए ।
पराजित चेल्सीको भने समान खेलबाट ६६ अंक छ । जितसँगै शीर्ष स्थानमा रहेको लिभरपुलले ३४ खेलबाट ८५ अंक बनाएको छ ।