छाउपडि प्रथालाई अन्त्य गर्नका लागि धामी र ज्योतिष कै घर बाट अभियान शुरु गर्नु पर्छ जसले गर्दा समाजका सकारात्मक उर्जा पैदा गर्न सजिलो हुने बताउदै ज्योतिष कासिराम दाहालले भन्नुभयो महिनावारी भएको बेलामा छुट्टै छाउगोठमा बस्नु पर्छ भनेर कुनै शास्त्रमा नभएको र आफुले घरमा पनि बुहारीलाई महिनावारी भएको बेलामा घर भित्र बसाल्ने गरेको बताए । कार्यक्रमका प्रमुख अतिथी झुपाराम लम्सालले वडा मा छाउपडि प्रथा अन्त्यका लागि वडा वाट जनचेतना मुलक कार्यक्रम सन्चालन गरि छाउपडि मुक्त वडा घोषणा गर्ने प्रतिबद्धता गरेका छन । संस्थाका अध्यक्ष सुनिता चन्दको अध्यक्षतामा संचालित कार्यक्रममा जनप्रतिनिधि, ,राजनिती दलका प्रमुख, स्वास्थ्य चौकी प्रमुख, बिद्यालय का प्र.अ, महिला सन्जालका पदाधिकारी, आमा समुहका अध्यक्ष, स्वंयसेविका, बालक्लब, नमुना जोडी, लगायत अन्य सरोकारवालाको उपस्थितिमा कार्यक्रम सम्पन भएको थियो ।