• २०८१ माघ ८ गते मङ्गलवार

भिमफेदीका जेलरले जेलकै कैदिसंग मागे धुस

पढ्न लाग्ने समय : १ मिनेट

चैत १, मकवानपुर । मकवानपुर कारागार कार्यालय, भीमफेदीका जेलर शाखा अधिकृत मदन अधिकारीले कारागार मै रहेका लागुऔषध मुद्दाका कैदीसँग धुस माग गरेको खुल्न आएको छ ।

भिमफेदीमा कैदी जीवन बिताईरहेका लागुऔषध मुद्दाका कैदीसँग रकम माग गरी रकम नदिएमा अन्यत्र कारागारमा सरूवा गरिदिने भनि डर धाकधम्कि देखाई उनले घुस रकम माग गरिरहेका थिए ।उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौंडाबाट खटिई गएको टोलीले रू.७५,०००।– घुसबापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो ।

उनि विरुद्ध विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस