• २०८१ माघ ८ गते मङ्गलवार

सुनसहित रसुवाका दावा छिरिङ तामाङ पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

३ फागुन, रसुवा । चीनको केरुङबाट अवैध रूपमा ल्याएको सुनसहित रसुवाको गोसाईकुण्ड गाउँपालिका–१ ,थुमनका दावा छिरिङ तामाङलाई प्रहरीले पक्राउ गरेको छ । चीनको केरुङबाट काठमाडाैँ जाँदै गरेका तामाङ ४ सय ६२ ग्राम सुनसहित पक्राउ परेका हुन् ।

केरुङबाट शुक्रबार काठमाण्डौ जान लागेका तामाङलाई गोसाईकुण्ड गाउँपालिका–६ खोपाङ भीरबाट पक्राउ गरिएको प्रहरी निरीक्षक रञ्जन अवालेले बताए । तामाङ केरुङको एक होटलमा कार्यरत थिए ।

बरामद सुनको मूल्य २४ लाख ५९ हजार रुपैयाँ रहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस