• २०८० असोज १७ गते बुधवार

विचलित मन बाट ३ मुक्तक

पढ्न लाग्ने समय : १ मिनेट

१.
थाले पिउन तिमिबाट दुर भएपछि
तिम्रो आफ्नै मेरो आफ्नै सुर भएपछि

मजाक ठान्यौ जिन्दगीलाई थाहा छैन किन
झर्को मान्दै गयो आज भरपुर भए पछि ।

२.
हावा बनायौ अनि पानी बनायौ
उसलाई सम्झने बानी बनायौ

त्यसैले त आजकल  म आधा भाकिछु
धोका दियौ अनि कहानी बनायौ ।

३.
दुइ दिनको लागि मलाई रानी बनायौ
माया के हो थाहा थिएन तर पानी बनायौ

थाहा थियो यस्तै गर्छन स्वार्थपुर्ति गर्नेहरु
माया जालमा फसाएर खरानी बनायौ ।

  • सीता दुलाल ( घाइते मुटु )
    बेलकोटगढी न पा ५ दुइपिपल , नुवकोटा

प्रतिक्रिया दिनुहोस