फागुन ३, जाजरकोट डोल्पा सडक खण्डको अन्तर्गत भेरी नगरपालिका १, पिपिरी रुख भीरबाट बस खस्दा मृत्यु हुनेको संख्या ४ पुगेको छ । यस्तै बस दुर्घटनामा ९ जना घाइते भएका छन् । नेपालगञ्जबाट पश्चिम रुकुमको राडीबजार तर्फ जाँदै गरेको भे १ ख १३२९ को नम्बरको बस रिम्नाबजारदेखि डेढ किलोमिटरको दूरीमा रहेको पिपिरी रुख भीरबाट बिहीबार भेरी नदी किनारामा खस्दा ४ जनाकाे ज्यान गएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका नि. कार्यालय प्रमुख केशर बहादुर कार्कीले जानकारी दिए ।
जाजरकोट खलंगा बाट नियमित सञ्चालनमा रहेको गाडी सधै तिब्र गतिमा यात्रा गर्दै अाएकाम बिहिवार दुर्घटना हुन पुगेको प्रहरी प्रमुख कार्कीले भेरीमालिका दैनिक लाई जानकारी दिए । कुराकानीमा कार्कीले भने , गाडीमा सहचालक हरी रावत भन्ने सहचालकले गाडी ड्राइभिङ गरेकाे तिब्र गति सडकमा खाल्डाखुल्डीका कारण बस दुर्घटना भएको प्रारम्भिक अनुमान गरेको छाैं । पूर्व-पश्चिम यातायात व्यवसायी समितिको उक्त बस सहचालकले चलाउदा अनियन्त्रित भएर सडकबाट १ सय ५० मिटर तल भेरी नदी किनाराको बगरमा खसेको छ ।
घटनामा परी मृत्यु हुनेमा गाडी सहचालक घर सल्यान भएका खजुरा गाउँपालिका ४ का २६ बर्षिय हरी बहादुर रावत ,डोल्पा जिल्ला जगदुल्ला गाउँपालीका वडा नम्वर ४ का मुन बहादुर बाेहरा बर्दिया बढैयाताल गाउँपालिका वडा न २ काे बर्ष १९ काे शागर भण्डारी मृत्युु भएको १ जनाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।यस्तै दुर्घटनामा घाइते हुनेमा नलगाड नगरपालिका १२ अउलगुर्ताका डिल बहादुर बाेहरा, २४ वर्षिय अाठविसकाेट न.पा . ६ , रूकुमका धिरेन्द्र बाेहरा वर्ष २४ , नलगाढ न.पा. ५ , जाजरकाेटका विवस बाेहरा ,६० वर्षकी भे.न.पा. १, जाजरकाेटकि पञ्चकली राना,१२ बर्षिय जीत बहादुर बाेहरा, डाेल्पा जिल्ला जगदुल्ला गाउपालिका ३२ बर्षिय लाल बहादुर थापा, आठविसकाेट न.पा . १३ , रूकुम ३२ बर्षिय भरत चन्द, आठविसकाेट न.पा . ११ , रूकुम सवारी चालक माेहन राना, बारेकोट गाउँपालिका वडा न ८ का ३६ बर्षिय जय बहादुर बिक समेत घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुमा हाल जिल्ला जाजरकोटमा ५ जनाकाे उपचार भईरहेकाे बिनाेद मेडिकल मा भरत चन्द ,लाल बहादुर थापा,बिवस बाेहराकाे उपचार भईरहेकाे १ जना डिल्ली बहादुर बाेहरा सकुशल घर फर्केको प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिए । होलुखोला प्रहरी पोष्टको इन्ट्री वुक अनुसार उक्त बसमा ११ जना यात्रु रहेको र रावतगाउँ तथा पिपेगाउँबाट २ चढेकासहित १३ जना यात्रु गाडीमा सवार रहेको जिल्ला ट्राफिक कार्यालय जाजरकोटका प्रहरी सहायक निरीक्षक आनसिंह भण्डारीले जानकारी दिए । यस्तो अपहरण ६ बजे बाट घटनास्थलमा शस्त्र प्रहरी नायब उपरीक्षक सन्तोष वीर सिंह, नि . प्रहरी प्रमुख केशर बहादुर कार्की ,भेरीनगरपालिकाका नगर प्रमुख चन्द्र प्रकाश घर्तीकाे नेत्रीत्वमा खटिएको टिमले ६ घण्टी भित्र सबै उद्धार कार्य सम्पनन गरेको थियोे ।
यस्तो दुखद घटना प्रति भेरी नगरपालिकाका नगर प्रमुख चन्द्र प्रकाश घर्तीले दुख ब्यत्त गरे । बिहिवार घटनाको जानकारी पाउनसाथ घटनास्थल पुगि मृतक प्रति गहिरो समावेदना घाईते प्रति सिघ्र स्वास्थ्य लाभकाे कामना समेत ब्यक्त गरे । नगर प्रमुख घर्तीका अनुसार जुन नगरपालिकाकाे वडा न १ मा दुखद घटना भयो यसको सत्य तथ्य छानबिन गरि दाेशिलाई कडा कार्वाही गर्नु पर्ने बताए ।