• २०८१ असोज २६ गते शनिवार

यिनै हुन् २० वर्षे आदिल अहमद जसले आत्मघाती हमलामा ४२ जना भारतीय जवानको ज्यान लिए

पढ्न लाग्ने समय : १ मिनेट

बिहिबारको दिउसो करिव ३ बजेको समयमा भारतको जम्मू–कश्मीरको पुलवामामा श्रीनगर राजमार्गमा यस बर्षकै सबैभन्दा ठुलो आतंकवादी आक्रमण भयो। आक्रमणमा कम्तिमा ४२ जना भारतीय सुरक्षा पौज सीआरपीएफका जवान मारिएको छन् भने ४० भन्दा धेरै घाइते भएको जनाइएको छ ।

करिब २५० वटा सवारी साधानमा करिब २५०० जना को फौज राजमार्गबाट गइरहेको बेला एउटा कारमा आएका आतंकवादीले सीआरपीएफ रहेको बसमा कार ठोक्काएर बिस्फोट गराएको बताइएको छ । आतंकवादको यो घटनापछि भारतलाई विश्वभरका देशहरुले समर्थन गर्दै आतंकवाद विरुद्ध एकबद्धता जनाइरहेका छन्।

भारतीय प्रहरीले बताए अनुसार आदिल अहमद डार गत वर्ष जैश(ए(मोहम्मदको आतंकवादी समुहमा सामेल भएका थिए। सुरक्षा अधिकारीको भनाइ अनुसार आदिललाइ केहि समय पहिले भारतीय सैनिकले घेराबन्दीमा लिएका थिए तर उनि त्योबेला बाँच्न सफल भएका हुन ।

आत्मघाती हमला भन्दा पहिले रेकर्ड गरिएको भिडियोमा आदिलले भारत सरकारलाइ गाली गरेका छन् । उनले बाबरी मस्‍ज‍िदको कुरापनि यस भिडियोमा उठाएका छन्। आदिलले भारतीय सीआरपीएफका चडेका गाडीमा आइइडी बम हमला गरेको केहि समयमै जैश ए मोहम्‍मदले आदिल डारको भिडियो अपलोड गरेर घटनाको सम्पूर्ण जिम्मेवार लिएका थिए। भिडियोको पृष्ठभूमिमा जैश ए मोहम्‍मदको ब्यानर पनि देखाईएको छ।

प्रतिक्रिया दिनुहोस