तुलसीपुर , ३ फागुन / दाङमा चट्याङ परेर आगलागी हुँदा एक बृद्धा घाईते भएकी छिन्, भने पाँचलाख बराबरको क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार दाङको गढवा गाउँपालिका वडा नं. ७ बिजयपुर स्थित बालाराम बिकको खरले छाएको घरमा आगलागी हुँदा उहाँकी श्रीमती ७४ बर्षीया मोती बिक घाईते भएकी हुन् । उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भईरहेको छ ।

आज(शुक्रबार) बिहान ३ बजेतिर खरले छाएको दुईतले घरमा चट्याङ परि आगलागी हुँदा पाँचलाख भन्दा बढि क्षति भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले बताए ।

आगलागी हुँदा घर पूर्ण रुपमा जलेर नष्ट हुनुका साथै घरमा रहेका महत्वपूर्ण कागजात, अन्न, जालीलगायतका सामाग्री जलेर नष्ट भएका छन् । उक्त आगो आगो दमकल, प्रहरी र स्थानीयको सक्रियतामा नियन्त्रणमा लिईएको प्रहरी नायब उपरीक्षक घर्तीले बताए ।  tulsipur online बाट साभार