• २०८० असोज १७ गते बुधवार

भारतको काश्मिरमा ठूलो आक्रमण, ४२ सुरक्षाकर्मीको हत्या, प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

पढ्न लाग्ने समय : २ मिनेट

फागुन ३, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी राष्ट्र भारतको जम्मु–कास्मिरमा भएको आतंकवादी हमलाको भत्र्सना गर्दै दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले बिहीबार साँझ भारतीय समकक्षी नरेन्द्र मोदीलाई टेलिफोन सम्पर्क गर्दै घटनाप्रति दुःख एवं मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।

भारत प्रशासित काश्मिरमा सरकारी सुरक्षा फौजलाई लक्षित गरी बिहीबार गरिएको आक्रमणमा परी कम्तिमा ४२ जना भारतीय सुरक्षाकर्मीको मृत्यु भएको छ ।काश्मिरको प्रमुख शहरबाट करिब २० किलोमिटर टाढा राजमार्गमा गुडिरहेको सैनिक गाडीहरूको समूहलाई लक्षित गरी थापिएको विद्युतीय धरापमा परी ४२ सुरक्षाकर्मीको मृत्यु भएको हो ।

भारतीय विशेष प्रहरी अधिकारी मुनिर अहमद खानका अनुसार आक्रमणमा परी केही सुरक्षाकर्मी घाइते भएका भएपनि उनीहरूलाई घटनास्थलबाट तत्काल उपचारका लागि अस्पताल पठाइएको छ ।

स्थानीय सञ्चारमाध्यमहरूले जनाएअनुसार घटनाको पाकिस्तानमा सक्रिय जैस–ए– मोहम्मद इस्लामिक समूहले जिम्मेवारी लिएको छ । समूहका प्रवक्ताले घटनाको पुष्टि गर्दै “भारतीय सैनिकलाई लक्षित गरी भएको आत्मघाती आक्रमणमा आफ्नो वाकास कमाण्डो भनिने आदिल अहमदले गराएको उनी जैस–ए– मोहम्मद इस्लामिक समूहका लडाकू रहेको” स्थानीय सञ्चारमाध्यमलाई पठाइएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

यो भारतीय सुरक्षाकर्मीमाथि विगत दुई बर्षमा भएको सबैभन्दा ठुलो आक्रमण हो । भारतको काश्मिरमा करिब पाँच लाख सैनिक कार्यरत छन् भने उक्त स्थानमा सन् १९४७ मा बेलायत भारतबाट फर्केपछि पाकिस्तान र भारतबीच सीमा विवादका कारण भएको विवादका कारण प्राय अशान्त रहँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस