• २०८१ बैशाख १५ गते शनिवार

काँग्रेसको सरकारमा पनि धरानमा भने कम्युनिष्टहरूले नमुना नगरपालिका बनाएको इतिहास छः भिम राई ज्वाला

पढ्न लाग्ने समय : ३ मिनेट
  • विनोद दर्नाल, खबर24नेपाल

कात्तिक २८, धरान । २०४६ सालको जनआन्दोलन पश्चातको देशमा प्रजातन्त्र बाहाली भईसकेपछि हालसम्म करीब २९ वर्षको अवधिमा २३ वर्ष सम्म नेपाली काँग्रेसले सरकार चलाए पनि धरानको विकास भने कम्युनिष्टले नै गरेको भिम राई ज्वालाले बताएका छन ।

यतिको लामो समयमा कम्युनिष्टहरूले करीब ३ वर्षमात्र सरकार चलाएको इतिहास छ तर काँग्रेसको सरकार हुँदा पनि धरानमा भने कम्युनिष्टहरूले नमुना नगरपालिका बनाएको इतिहास धराने जनताले नभुलेको उपनिर्वाचन २०७६ का नेकपाका प्रचार संयोजक राईले उल्लेख गरेका छन । बिहिबार धरानमा बास्केटबलका खेलाडिहरूसंग भएको अर्न्तकृयामा राईले उक्त अभिव्यक्ति दिएका हुन । यो २९ वर्षको अवधिमा हेर्ने हो भने भष्ट्रचारको लगायत विभिन्न अपराधमा मुछिएका जुनसुकै अहोदाको व्यक्ति पनि कानुन भन्दा माथी हुन्न भन्ने उदाहरण नेकपाको सरकार भएकै बेला मात्र सतहमा आएको उदघोष समेत उनले गरे । उनले भने, ‘पछिल्लो उदाहरण म दिन चाहन्छु नेकपाको सरकारमा नै नेकपाबाट बाहालवाला सभामुख महरालाई कारवाही भएको छ । यता आलमको अपराध काँग्रेसको सरकार भएको बेला सामसुम परीएको थियो र अहिले सतहमा आउँदा काँग्रेसको नेता नै कारवाही हुनु हुँदैन भनी लागी परेका छन ।

२०५४ साल पछि देशमा निर्वाचित जनप्रतिनिधी नभएको अवस्थामा कर्मचारीतन्त्र हुँदा धरानमा राजनैतिक संयन्त्रमा अनुसार नगर संचालित हुने गरेको थियो । यो समयमा धरान उपमहानगरपालिकामा खेलकुदका लागी तात्कालिन नेपाली काँग्रेसको हातमा डाँडु पुन्यु हँदा समेत धरानमा खेलकुदको उल्लेख्य विकास नभएको जनता माझ छर्लङ्ग रहेको राईले बताए । तर ०७४ सालको स्थानिय निर्वाचन पश्चात नेकपाको नेतृत्वमा धरान खेलकुद ग्राम निर्माण गर्ने, विषयगत रंङ्गशाला निर्माण गर्ने, खेलकुदको राजधानी बनाउने, हरेक खेलको विकासका लागी वडा वडामा प्रतियोगिता हुने, सकृय खेल जिवनको अवकाश पश्चात समेत खेलाडिको वृतिविकासका लागी रोजगारी सृजना गर्ने लगायतको योजना अघि बढिसकेको उनले प्रकाश पारे ।

अर्न्तकृयामा नै राईले यसपटक करीब ४० वर्षे लामो राजनैतिक पृष्ठभुमिबाट हाल सम्म कुनै पनि राजनैतिक लाभ नलिएका विकास प्रेमी उम्मेदवार प्रकाश राईलाई नेकपाले धरानको मेयर पदको उम्मेदवारमा उठाएकोमा जानकारी गराउँदै खेलाडिहरूलाई आफ्नो मताधिकारको प्रयोग गरी उचित उम्मेदवारलाई मत हाल्न आग्रह समेत गरे । यस अघिको स्थानिय निर्वाचनबाट निर्वाचित धरानका प्रमुख स्व. तारा सुब्बाको भिजनमा सल्लाह दिने व्यक्ति नै यस पटकको उपनिर्वाचनमा उम्मेदवार भएकाले बाँकी रहेको धरानको विकासको योजनाले मुर्त रूप पाउनेमा ढुक्क रहन सबै उपस्थित युवाहरूलाई समेत राईले जानकारी गराए ।

अर्न्तकृयामा खेलाडिहरूले पार्टीको आस्था भन्दा माथी रहेर धरानको विकासका लागी संकल्प लिएका व्यक्तिलाई मत दिने बताए । यसअघि काँग्रेसमा मत दिएका खेलाडी सुरज तामाङले यो अढाइ वर्षको समयमा बास्केटबल विकासका लागी नेकपाको नेतृत्वमा बनेको स्थानिय सरकारले उल्लेख्य काम गर्दै धरानमा बास्केटबलको क्रेज स्थापित गर्न महत्वपुर्ण कदमहरू अगाडि बढाएकोले हालको नेतृत्वको सरकारलाई नै साथ दिँदै यसपटक नेकपाका उम्मेदवारलाई मत दिने स्पष्ट बताए ।
खेलाडिहरूले बास्केटबल प्रतिको माया दर्शाउदै हिजोसम्म खेर गएको मतलाई यस पटक प्रयोगमा ल्याउने र बास्केटबल लगायत खेलकुद र युवाहरूको विकासका लागी काम गरेको अहिलेको स्थानिय सरकारको पक्षमा नै मतदान गर्ने स्पष्ट धारणा राखे । अढाई वर्षको अवधिमा स्थानिय सरकारले आफ्नो लगानीमा धरानको ५ वटा सामुदायिक विधालयमा बास्केटबल मैदान निर्माण गरेको स्मरण गर्दै ८ औ राष्ट्रिय खेलकुदका पुरूष तर्फका प्रदेश नं। १ का बास्केटबल क्यापटेन नविन राईले स्थानिय सरकारको खेलकुद प्रतिको सहयोग उदाहरणिय रहेको बताउँदै हालको सरकारलाई नै समर्थन रहेको बताए ।

बास्केटबल मैदान बहुउपयोगी हुने जसमा भलिबल, ब्याडमिन्टन र सेपाकटाक्रो लगातयतको खेलका लागी एकै मैदान प्रयोग गर्न सकिने भएकाले धरान उपमहानगरपालिकाले बास्केटबल कोर्टको निर्माणका लागी सहयोग गर्नेमा तदारूकता देखाएको छ ।

प्रतिक्रिया दिनुहोस