कात्तिक २८, काठमाडौं । यातायात व्यवस्था कार्यालय मोटरसाइकल काठमाण्डौका शाखा अधिकृत शुक्रप्रसाद भट्टराईसहित ५ (पाँच) जना घुस रकमसहित अख्तियारको नियन्त्रणमा परेका छन ।
यातायात व्यवस्था कार्यालय मोटरसाइकल काठमाडौंका शाखा अधिकृत शुक्रप्रसाद भट्टराईले मोटरसाइकल पास गर्नका लागि आएका विभिन्न रिकन्डिसन हाउसका प्रतिनिधिहरुमार्फत मोटरसाइकल पास गर्न सहज गरी दिने भनी रु. ३,०००।–(तीन हजार) घुस रकम लिएको सूचनाको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिई गएको टोलीले निजहरू घुस रकम लिने शाखा अधिकृत शुक्रप्रसाद भट्टराई र दिने रिकन्डिसन हाउसका प्रतिनिधिहरु किरण देउला, उत्तम बिक्रम शाही, रमेशकुमार के.सी. खड्का र सुरेश छुस्याकीलाई यातायात व्यवस्था कार्यालय मोटरसाइकल काठमाडौं परिसरबाट घुस रकमसहित नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।