• २०८१ फाल्गुन ७ गते बुधवार

सरु विमलीको गलज ”वेदनाको फेरि ठुलै खात लाग्यो”

पढ्न लाग्ने समय : १ मिनेट
  • सरु विमली

पुरानो प्रेमपत्र आज हात लाग्यो
वेदनाको फेरि ठुलै खात लाग्यो

थियो साचो माया ठहराइ झुठो
गएपछि दिलमा आघात लाग्यो

निर्धन म धनी थिए केबल मनको
रोजेपछि धनलाई पक्षपात लाग्यो

म खुसी छु मनकै पूर्णतामा आज
तिमीलाई धनको कस्तो मात लाग्यो

नफ्याँकिएको यो पत्र पुरानो
सम्झनाको ठुलै सौगात लाग्यो

मेलुङ गाउँपालिका

प्रतिक्रिया दिनुहोस