असोज २७, विराटनगर । मोरङमा प्रहरीले औषधि पसलबाट लागुऔषध बिक्री गर्ने दुई जनालाई पक्राउ गरेको छ ।
इटहरी उपमहानगरपालिका– २ पशुपति चोकका २० बर्षका असिम श्रेष्ठ र सुन्दरहरैचा नगरपालिका– ४ का २६ बर्षका नरेश यादवलाई पक्राउ परेका हुन् ।
प्रहरीले श्रेष्ठलाई असोज २३ गते सुन्दरहरैंचा नगरपालिका–१० स्थित पूर्वपश्चिम राजमार्गमा चेकजाँचका क्रममा पक्राउ गरेको थियो । को १३ प १२६७ नम्बरको मोटरसाइकलमा सवार श्रेष्ठको साथबाट स्पासपेन १६७० पिस, केटाडोल १६२० पिस, रिमाडोल– ६ पिस लागुऔषध बरामद भएको थियो ।
यादवले सञ्चालन गरेको पसलबाट डाइलक्स डिसीको दुईवटा खाली बोतल, स्पापेन २१९ पिस, स्पास्मो १९ पिस भेटिएको अधिकारीले जानकारी दिए । पक्राउ परेकाहरुमाथि म्याद थप गरी अनुसन्धान सुरु गरिएको बताए ।