• २०८२ जेष्ठ २ गते बिहिवार

सुनसरीबाट विभिन्न हातहतियार तथा लागूऔषध सहित १जना पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

असोज २७, सुनसरी । धरान उपमहानगरपालिका-९ डेरा गरी बस्ने कोशी गाउँपालिका-३ स्थायी वतन भएका २३ वर्षीय निरज कुमार राउतलाई बिभिन्न हातहतियार तथा लागूऔषध सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

उनको साथबाट पेस्तोल १ थान, म्याग्जिन १ थान, गोली १३ राउण्ड, अवैध लागूऔषध खैरो हेरोइन ७ ग्राम, नियन्त्रित लागूऔषध डाइलेक्स डिसी १ सय एमएलको २ सय २५ बोतल, नाइट्रोसन १० लेखिएको ६ सय ४० ट्याब्लेट, स्पास्मो प्रोक्सिभोन प्लस १२ हजार ९ सय ४४ क्याप्सुल, लागूऔषध तौल गर्ने डिजिटल मेसिन १ थान, उमाशंकर प्रसाद गुप्ताको नामको भारतीय सवारी चालक अनुमतीपत्र १ थान, बिआर ५० के ४०५९ लेखिएको मोटरसाइकलको नम्बरप्लेट १ थान र मोबाइल २ थान प्रहरीले बरामद गरेको छ ।
राउतले लागूऔषध बिक्री बितरण गर्दै गरेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त हातहतियार तथा लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस