• २०८१ चैत्र ५ गते बुधवार

नर्थ मेसोडोनियालाई हराउँदै पोल्याण्ड युरोकपमा छनोट

पढ्न लाग्ने समय : १ मिनेट

असोज २७,काठमाडौं । नर्थ मेसोडोनियालाई हराउँदै पोल्याण्ड युरोकपमा छनोट हुने पछिल्लो टिम बनेको छ ।

आइतबार राति भएको खेलमा नर्थ मेसिडोनियालाई २–० गोल अन्तरले पराजित गर्दै पोल्याण्ड युरोकपमा छनोट भएको हो ।

७४ औ फ्रानकोव्स्कीले गोल गर्दै पोल्याण्डलाई सुरुवाती अग्रता दिलाएका थिए । उनले लेवान्डोस्कीको क्रसलाई सुदुपयोग गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

८० औ मिनेटमा अर्काडियस मिलिकले गोल गर्दै पोल्याण्डको जित सुनिश्चित गरे । बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेको उनले लेवान्डोस्कीको पासलाई सदुपयोग गर्दै टोलीका लागि दोस्रो गोल गरेका थिए ।

पोल्याण्ड दुई खेल अगावै युरोकपमा छनोट भएको हो । समूह एच अन्तर्गत शीर्ष स्थानको पोल्याण्डले ८ खेलबाट १९ अंक जोड्यो । उसले तेस्रो स्थानको नर्थ मेसोडोनियासंग ८ अंकको अग्रता लियो ।

प्रतिक्रिया दिनुहोस