• २०८२ बैशाख ४ गते बिहिवार

काठमाडौंको गोलढुंगामा गोली चल्यो

पढ्न लाग्ने समय : १ मिनेट
भाद्र २७, काठमाडौं । काठमाडौंको गोलढुंगास्थित फुलबारीमा गोली चलेको छ । प्रहरीका अनुसार गुण्डागर्दीमा संलग्न भएको आरोपमा खोजी सूचीमा रहेका साजन गुरुङ उर्फ नजोकलाई पक्राउ गर्ने क्रममा गोली चलेको हो ।
विशेष सूचनाको आधारमा पुगेको महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोलीसँग जम्काभेट भएपछि प्रहरीले दुई राउण्ड गोली फायर गरेको स्रोतले बतायो ।
प्रतिक्रिया दिनुहोस