- धर्म सुनार बाजुरा
भदौ २८ बाजुरा । बाजुराको बुढिनन्दा नगरपालिकामा मुक्त हलिया समुदायको लघु कर्जामा पहुँज बृद्धिका लागी लघुवित्त संस्थाहरुसंग १ दिने अन्तक्र्रियात्मक कार्यशाला सम्पन्न भएको छ । नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ को आयोजनामा एन्टी सेलेभरी को साझेदारी र बेलायत सरकारको आर्थिक सहयोगमा यो कार्यक्रम गरिएको हो ।
लगुवित्त संस्थाहरुसंग व्यवसायी सुरुवात गर्न आवाश्यक लगानि तथा कर्जा सर्वसुलव तरिकाबाट कसरी प्रप्त गर्न सकिन्छ भन्य विषयमा लगु वित्त संथाका प्रतिनिधि हरु विच छलफल तथा जनकारि गराएको फिल्ड सपरभाइज सन्तोस वि.कले बताएका छन । मुक्त हलिया समुदायको पूर्ण पूनस्र्थापनाका लागी सहयोग परियोजनाका विभिन्न प्रतिफलहरु मध्ये एक महत्वपूर्ण प्रतिफल र मुक्त हलिया समुदायको आर्थिक शसक्तिकरणमा टेवा पु¥याउन ,यसका लागी उनिहरुलाइ सीप विकास सम्बन्धि तालिम दिने र व्यवसय प्रर्वधनमा सहयोग गर्ने कार्य प्रमुख रुपमा परियोजनामा योजनावद्ध गरिएको वि.क. ले बताए ।
जिल्ला हलिया मुक्ति समाज बाजुराका सल्लाहाकार संयोजक जयलाल वि.क. को अध्यक्षतामा संचालन र्भको कार्यक्रममा दलित अगुवा कर्मि भरत वि. क रहनुभएको थियो । कार्यक्रममा किसान माईक्रो फाइनायन कोल्टी शाखा प्रबन्धक गोविन्ध सिंह, एन.आर.एन लगुवित्त संस्थाका प्रतिनिधि नितेश कडारा , मुक्त हलिया सहकारीका व्यवस्थापक नन्द विर चदारा लगाएतले कर्जा प्रवाह र समुहका बारेमा जानकारी गराएका थिए । अभिसेक होटलमा संचालन र्भको कार्यक्रममा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ फिल्ड सुपरभाइजर सन्तोस वि.क ले गरेका थिए ।