• २०८१ जेष्ठ ७ गते सोमवार

ब्यवस्था फेरियो अवस्था उस्तै : सन्दर्भ वालदिवस

पढ्न लाग्ने समय : २ मिनेट
  • गोबिन्द पौडेल , इलाम

भदौ २९, इलाम । आजका वालक भोलीका कर्णधार नागरिक भएपनि बिगत देखी वर्तमान सम्म उनीहरुको अवस्था फेरिन सकेको छैन । संयुक्त राष्टसंघको बाल अधिकार संबन्धि महासंन्धि १९८९ लाइ नेपालले १४ सेक्टेम्बर १९९० मा अनसमोदन गरेर बालकालिकाहरुको हक र हितको नारा घन्काएको भएपनि ब्यबहारमा यसले तात्विक परिवर्तन ल्याउन सकेको पाइदैन ।

वालबालिकाहरुको लागि वाल बचावट, बालबिकास, बाल संरक्षण र बाल सहभागिताको कुरा वाल अधिकारको भएपनि अहिलेपनि हाम्रो देशमा पौष्टिक आहारको अभाव, वालश्रमको प्रयोग ,बालमैत्री वाताबरण नहुनु बालबालिकाको कुराहरु बेवास्ता भएको कारण यत्रतत्र बालअधिकारको उलंगन भएको पाइन्छ ।सरकारले माध्यामिक तहसम्म निशुल्क शिक्षको घोषण गरेको भएपनि अहिले सम्म त्यसको कार्यन्वयन हुन नसकेको कारण धेरै बालबालिकाहरु शिक्षाको पहुच बाहिर रहेका छन् । बाल बचावटको लागि निशुल्क स्वास्थ्यको कुरा छाडौ गाउमा सुरक्षित खोपकेन्द्र सम्म पनि बनाउन सकेको छैन भने कतिपय बिद्यालयमा बिषयगत शिक्षकहरु नहुदा कितावै नदोली बार्षिक परीक्षामा वस्न बाध्य रहेका छन् भने खोइ बाल अधिकारको कुरा ? प्रश्न उठ्न स्वधाबिकै हो । हजारौ बालबिकास केन्द्रहरु स्थापना गरेको सरकारले यसको अवस्था , बालबालिकाको स्वास्थ्य र दिवा खाजाको ब्यवस्था त हैन मासिक ६ हजार पारिश्रमिक दिएर त्यहाको शिक्षकको नै चरम श्रम सोसण गरिरहेको छ भने कसरी होला वालअधिकारको रक्षा ? बाल दिवसको खिनमा मात्रै भएपनि सोचनिय कुरा रहेको छ । आज वालदिवस देशभर बालअधिकारको कुरा गरेर मनाइने निश्चित रहेको छ ।

बालबालिकाको क्षेत्रमा कामगर्ने सरकारी ,गैरसरकारी संस्थाहरु, बालक्लब र बिद्यालयहरुले धुमधामको साथ मनाउने तैयारी गरिरहेको समाचारहरु आएका छन् । इलामको रोङ गाउपालिका वठा नं ६ मा रहेको सरस्वती माध्यामिक बिद्यालयमा रहेको वालक्लबको आयोजनामा बालअधिकार संबन्धमा चेतना जगाउन र्यालीको आयोजना गरेको छ । बाल अधिकारको चरम उल्लंघन भएको र्दुगम गाउ र बस्तीहरुबाट बाल अधिकारको कुरा उठ्दै गर्दा अधिकार संरक्षणको लागि सरकारको ध्यान जान्छ कि जादैन त्यो चाहि हेर्न बाकी नै रहेको छ ।

प्रतिक्रिया दिनुहोस