प्रकाश घायल
(१)
मुस्किल मुस्किल मै बेहाल जिन्दगी जीउदै छु।
आसु र नशा एकसाथ गिलासमा भरेर पिउदै छु।
अनौठो हुदोरहेछ जिन्दगी भोगाइ त झन् अनौठो ,
अचेल!तानतुन पारेर जडौरीको मायाँ सिउदै छु!
(२)
कुन्या सम्झी तिमिले बिरोधमा किन मुछ्यौ
बिरहको अाँसु बग्दा सोध्धै नसोधी पुछ्यौ।
कुन्ठित मन लिएर हरदम हिड्ने नगर प्रिय्,
कुन्ठाले त भित्र भित्रै जलाउन सक्छ बुझ्यौ।
(३)
भाचियोस छोड बिगतको पीडा त भाँच्नै पर्छ।
बर्तमान लाई हेरेर जिन्दगी तिमिले बाँच्नै पर्छ।
जब तिमिले पहिलो भेटमै बेलि बिस्तार सुनायौ,
कसम तिम्ले जीवनमा मीठो सपना साँच्नै पर्छ!
छातीभित्र पीर लुकाएर पनि तिमिले हाँस्नै पर्छ!
(४)
बिश्वासमा मायाँ हुन्छ त्यसमै हुन्छ घात पनि।
उज्यालो नै प्यारो लाग्थ्यो पर्नु किन रात पनि।
भोकलाई भोजन प्यारो बैँसमा त मायाँ होनी,
छल्किएर पोखिउ भन्छ जवानीको मात पनि!
(५)
शहरको रमझम भुल्यौ र बारीका पाटा बिर्सियौ।
म:म चाउमिनले होला ढिडो रोटी आटा बिर्सियौ।
सम्झना अब के आउला र चिल्लोचाप्लो भएपछि,
नाम्लोको डाम र फुटेको खुट्टाका खाटा बिर्सियौ!
फुटुङ्ग,काठमाडौ ।