साउन २९, नवलपरासी । नेपाल विद्युत प्राधिकरण, त्रिवेणी उप(वितरण केन्द्र, त्रिवेणी नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)का चौथो तहका कर्मचारी मेघराज काफ्ले र दैनिक ज्यालादारीमा कार्यरत विद्युत प्राविधिक नारायण कुर्मी घुस रकम सहित अख्तियारको नियन्त्रणमा परेका छन ।
नेपाल विद्युत प्राधिकरण, त्रिवेणी उप(वितरण केन्द्र, त्रिवेणी नवलपरासी ९ बर्दघाट(सुस्ता पश्चिम चौथो तहका कर्मचारी मेघराज काफ्ले र दैनिक ज्यालादारीमा कार्यरत विद्युत प्राविधिक नारायण कुर्मीले थ्रीफेज लाइनको मिटर जडान गर्न सहजिकरण गरिदिने भनी सेवाग्राहीसँग घुस लिएका हुन ।
विशेष सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिई गएको टोलीले मेघराज काफ्ले र नारायण कुर्मीले सेवाग्राहीबाट रू.४६,५५५।–घुस लिइरहेका अवस्थामा पक्राउ गरेको हो ।
अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार उनिहरुलाई रकम लिइसकेको अवस्थामा कार्यालय परिसरबाट रङ्गेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।