साउन २९, कालिकोट । कालिकोटको पचालझरना गाउँपालिकाको गाउँसभा उद्घाटन गर्न गएका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई लक्षित गरेर नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले बम विष्फोट गराएको छ ।
मुख्यमन्त्री शाही बुधबार स्थलमार्ग हुँदै कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट कालिकोट गएका थिए। बुधबार पचालझरना गाउँपालिका–३ खिग्ममा कार्यक्रम भइरहेका बेला नजिकै बम विष्फोट भएको हो ।
गाउँपालिका अध्यक्ष खड्कराज सेजुवालले कार्यक्रम स्थलभन्दा एक किलोमिटरमाथिको जंगलमा बम विष्फोट भएको जानकारी दिए। उनले भने ‘अहिले प्रहरीले बम विष्फोट भएको स्थलको अनुगमन गरिरहेको छ ।