• २०८१ मङ्सिर २२ गते शनिवार

बालाजुमा सवारी दुर्घटनामा एकको मृत्यु

पढ्न लाग्ने समय : १ मिनेट

साउन २९, काठमाडौं । काठमाडौँ महानगरपालिका–१६, बालाजुमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

बालाजु औद्योगिक क्षेत्र मूलद्वार नजिक ना ४ ख १४७९ नम्बरको ट्रकको ठक्करबाट गम्भीर घाइते ललितपुरका ५५ वर्षीय उद्धव सुनाम नेपालीको आज मृत्यु भएको हो ।

महानगरीय ट्राफिक प्रहरी प्रभाग नयाँ बसपार्कका प्रमुख प्रहरी निरीक्षक मुनेन्द्र थापाका अनुसार ट्रक पछाडि सार्न खोज्दा पछिल्लो चक्काले किचेर गम्भीर घाइते भएका नेपालीको उपचारका क्रममा पिपल्स अस्पताल नयाँबजारमा मृत्यु भएको हाे । मृत्यु हुने नेपाली, नेपाल बैंक लिमिटेड ललितपुरमा कार्यरत भएको अनुसन्धानमा खुलेको छ ।

दुर्घटनामा संलग्न ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस