श्रावण २९, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आज बस्ने भनिएको सचिवालय बैठक आज पनि सरेको छ । पटक–पटक सर्दै आएको बैठक आज बस्ने भनिए पनि बैठकअघि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भएको छलफलमा विवादीत विषयमा सहमति जुट्न नसकेपछि बैठक भोलि बस्नेगरी स्थगित भएको हो ।
अध्यक्षद्वयबीच कुनै ठोस छलफल हुन नसकेपछि बैठक स्थगित भएको हो । अध्यक्षद्वयले स्कुल विभागमा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ र ईश्वर पोखरेलको दाबी कायम रहेपछि सहमति जुटाउन बालुवाटरमा छलफल गरेका थिए ।