• २०८१ जेष्ठ १४ गते सोमवार

पोखराको ११ वडा कार्यालयहरुमा चोरी गर्ने पक्राउ

पढ्न लाग्ने समय : २ मिनेट

साउन २९, कास्की । पोखरा महानगरपालिकाका विभिन्न वडा कार्यालयहरुमा रहेका कम्प्युटर, ल्यापटप लगायतका सामानहरु चोरी गर्ने काठमाण्डौ महानगरपालिका ११ घर भई हाल पोखरा १० कालिकाचोक स्थित डेरा गरी बस्ने ५१ वर्षीय किशोर थापा र विक्रि वितरण गर्ने जिल्ला मकवानपुर थाहा नगरपालिका १२ घर भई हाल जिल्ला काठमाण्डौ महानगरपालिका १४ कलंकीमा कम्प्यूटर सोलुसन पसलका सञ्चालक ३६ वर्षीय रुपचन्द्र गोपाली गरी दुई जनालाइ प्रहरीले पक्राउ गरेको छ ।

विगत केही महिना देखी पोखरा महानगरपालिका का बिभिन्न ११ वडा कार्यालयहरुमा चोरीका घटनामा अत्याधिक वृद्धि भए संगै कास्की प्रहरीले उक्त चोरीका घटना अनुसन्धानका लागि छुट्टै विशेष प्रहरी टोली खटाई घटनाको सुक्ष्म अध्ययन, वैज्ञानिक उपकरणको प्रयोग गरी चोरीमा संलग्न व्यक्ति तथा समूहको खोजतलास साथै चोरी भएका सामानहरु बिक्रि बितरण तथा बनाउने पसलहरु समेतमा समन्वय गरी चोरी गर्ने ब्यक्ति तथा समूहको खोजि कार्यका लागि परिचालन गरिएको थियो ।

प्रहरीको टोलीले पोखरा महानगरपालिका ०६ शहिदचोक स्थित किशोर थापालाई शंका लागि पक्राउ गरी सोधपुछ गर्दा निजले नै उक्त सामानहरु चोरी गरेको र काठमाण्डौमा लगि विक्रि वितरण गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको र विक्रि वितरण कार्यमा संलग्न कम्प्यूटर सोलुसनका सञ्चालक रुपचन्द्र गोपालीलाई चोरी भएका सामानहरु सहित पक्राउ गरी थप अनुसन्धान भईरहेको छ ।

यसै क्रममा किशोर थापाको डेरा कोठाबाट प्रहरीले ल्यापटप, क्यामेरा, चोरी कार्यमा प्रयोग गरिने विभिन्न औजार साथै लागू औषध ब्राउन सुगर २.३६ ग्राम बरामद गरेको छ । साथै कम्प्यूटर सोलुसनका सञ्चालक रुपचन्द्र गोपालीको पसलबाट प्रहरीले १७ थान मोनिटर, ९ थान सिपियू र ३ थान ल्यापटप समेत बरामद गरी दुवै जना माथि थप अनुसन्धान तथा कारवाही प्रक्रिया अगाडी बढाएको छ । विगत केही महिना देखी पोखरा महानगरपालिका का बिभिन्न ११ वडा कार्यालयहरुमा चोरीका घटनामा अत्याधिक वृद्धि भए संगै कास्की प्रहरीले उक्त चोरीका घटना अनुसन्धानका लागि छुट्टै विशेष प्रहरी टोली खटाई घटनाको सुक्ष्म अध्ययन, वैज्ञानिक उपकरणको प्रयोग गरी चोरीमा संलग्न व्यक्ति तथा समूहको खोजतलास साथै चोरी भएका सामानहरु बिक्रि बितरण तथा बनाउने पसलहरु समेतमा समन्वय गरी चोरी गर्ने ब्यक्ति तथा समूहको खोजि कार्यका लागि परिचालन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस