• २०८२ जेष्ठ ७ गते मङ्गलवार

नेपालले आज अफगानिस्तानसँग खेल्दै

पढ्न लाग्ने समय : १ मिनेट

साउन २९, काठमाडौं । नेपाली राष्ट्रिय पुरुष भलिबल टिमले आज (बुधबार) अफगानिस्तानसँग पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ ।

नेपाल र अफगानिस्तानबीचको खेल लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा हुनेछ । खेल नेपाली समय अनुसार ३ बजे सुरु हुनेछ ।

घरेलु मैदानमा आयोजना हुने एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताको तयारी स्वरुप नेपालले मैत्रीपूर्ण खेल खेल्न लागेको हो । नेपाल र अफगानिस्तानबीचको दोस्रो मैत्रीपूर्ण खेल बिहिबार हुनेछ ।

एसियन भलिबल संघको संयोजनमा हुने प्रतियोगिता भदौ २ देखि भदौ ७ गतेसम्म संचालन हुनेछ ।

प्रतियोगितामा नेपालसहित बंगलादेश, माल्दिभ्स, अफगानिस्तान, किर्गिस्तान, तुर्किमिनिस्तान र उज्वेकिस्तानसहित ७ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको लागि मुख्य प्रशिक्षक हान एबिङले १४ सदस्सीय नेपाली टोलीको घोषणा गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस