• २०८१ मङ्सिर २२ गते शनिवार

आजको मौसम : एक-दुई स्थानहरूमा भारी वर्षाको सम्भावना, नदि आसपासमा रहनेहरु सतर्कता अपनाउन अनुरोध

पढ्न लाग्ने समय : २ मिनेट

श्रावण २९, काठमाडौं । आज बुधबार दिउँसो देशका धेरैजसो स्थानहरुमा आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशको पहाडि भू-भागका एक-दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ। यस्तै राती  देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनेछ । देशको पूर्वि तथा पश्चिमी भू-भागका एक-दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ।

मौसम विश्लेषण

मनसुनको न्यून चापिय रेखा (Axis of Monsoon Trough) औसत स्थानमा छ र उत्तर तिर सर्ने क्रममा छ। साथै नेपालको पूर्वी र मध्य भू-भाग नजिक एउटा न्युन चापिय प्रणाली रहेको छ र यो प्रणाली पश्चिम तिर सर्ने क्रममा रहेको छ। मनसुनको न्यून चापिय रेखा (Axis of Monsoon Trough) को औसत स्थान (Normal position) भन्नाले भारतको उत्तरी राजस्थान, हरयाना, दिल्ली, दक्षिण उत्तर-प्रदेश, दक्षिण बिहार, झारखण्ड र पश्चिम बंगाल हुँदै बंगालको खाडीको शिरसम्म (Head of Bay of Bengal) जनाउँछ।

देशभर समग्र मौसमको अवस्था 

हाल देशको मध्य तथा पुर्वी तराई भु-भागमा आंशिक बदली र बाँकी भु-भागमा सामान्य वदली रही पश्चिमी पहाडी भू-भागका थोरै स्थानमा हल्का वर्षा भईरहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशको केही स्थानहरुमा मेघगर्जन /चट्याङ्ग सहितको वर्षा हुने सम्भावना रहेकोले मेघगर्जन /चट्याङ्ग वाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध छ। देशको एक-दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ जसले गर्दा चुरे वाट बहने नदिमा पानिको वहावमा आकस्मिक बृद्दि हुन सक्ने भएकोले नदि आसपासमा रहनेहरु सतर्क रहुनुहोला। यसका साथै सडक यातायातमा पहिरो/भू-क्षयका कारण अवरोध आउन सक्ने भएकोले यात्रा गर्दा सामान्य सतर्कता अपनाउन अनुरोध गरिन्छ।

प्रतिक्रिया दिनुहोस