• २०८० मङ्सिर १३ गते बुधवार

बाढीपहिरो पीडितको उद्धार र राहतमा जुट्न सरकारलाई निर्देशन

पढ्न लाग्ने समय : १ मिनेट

असार २९, काठमाडौं । संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले बाढी, पहिरो र डुबान पीडितहरुको उद्दार, राहत तथा उपचारको उचित व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले बाढी, पहिरो र डुबान पीडितहरुको उद्दार, राहत र उपचारको उचित व्यवस्था गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र गृह मन्त्रालयलाई निर्देशन दिएको हो ।

अविरल वर्षाका कारण पीडित भएकाहरुको उचित व्यवस्था तत्काल गर्न सरकारलाई निर्देशन दिइएको समिति सभापति शशी श्रेष्ठले जानकारी दिइन् । बैठकले बाढी, पहिरो र डुबानबाट विस्थापित भएकाहरुको पुर्नबासको तत्काल व्यवस्था मिलाउन पनि भनेको छ ।

त्यसैगरी वेपत्ता नागरिकको खोजी कार्यलाई पनि तीव्रता दिन सरकारको ध्यानाकर्षण गराइएको समितिले जनाएको छ । बैठकमा गृहमन्त्री रामबहादुर थापाले घाइतेहरुको स्थानीय अस्पतालहरुमा उपचारको व्यवस्था मिलाइएको बताए ।

तीन दिनयता आएको लगातारको वर्षाका कारण देशका ३८ वटा जिल्ला बाढी, पहिरो र डुबानबाट बढी प्रभावित भएको छ ।

प्रतिक्रिया दिनुहोस