• २०८१ फाल्गुन २ गते शुक्रवार

कालिकोटका युवा नेता चौलागाईंद्धारा सुधारिएको चुलो वितरण

पढ्न लाग्ने समय : १ मिनेट

जेठ ३१, कालीकोट । कालीकोटको शुभकालिका गाउँपालिकाका विपन्न दलित र जनजाती घरपरिवारलाई ४ सय ९० थान सुधारिएको चुलो वितरण गरिएको छ ।


सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा कालीकोटका जिल्ला सदस्य एवं पूर्व अखिल क्रान्तिकारीका केन्द्रिय सचिवालय सदस्य दिपक चौलागाईको पहलमा ४ सय ९० थान सुधारिएको चुलो वितरण गरिएको हो । आफुले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रसंग पहल गरि गाउँपालिकाका बिभिन्न वडामा रहेका दलित र जनजाती घरपरिवारलाई गाउँपालिका अध्यक्ष खडानन्द चौलागाई र वडाध्यक्षहरु मार्फत सुधारिएको चुलो वितरण गरेको चौंलागाईले जानकारी दिए ।

उनका अनुसार वडा नम्बर १ का १९, वडा नम्बर २ का ९९, वडा नम्बर ३ का १ सय ११, वडा नम्बर ४ का ८०, वडा नम्बर ५ का ३५, वडा नम्बर ६ का ३५, वडा नम्बर ७ का ७१ र वडा नम्बर ८ का ४० घरपरिवारलाई सुधारिएको चुलो वितरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस