जेठ ३१, काठमाडौँ । पत्रकार रबि लामिछाने ‘ठुलो भ्रष्टाचारी हुन्’ भन्ने शिर्षक राखेर नयाँ पत्रिकाको नक्कली कटिङ्ग समेत बनाई मन्त्री वर्षमान पुनको भनाई भन्दै मनगढन्ते समाचार प्रकाशित गरेकोमा सचिवालयले आपत्ति जनाएको छ ।
उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन‘अनन्त’को सचिवालयले मन्त्री पुनसँग जोडेर विभिन्न अनलाईन र सामाजिक सञ्जालमा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण गरेको हो ।
उक्त समाचारबारे सचिवालयले नयाँपत्रिकाका प्रधान सम्पादक कृष्णज्वाला देवकोटासँग बुझ्दा सो समाचार नयाँपत्रिका दैनिकको कुनै पनि पेजमा प्रकाशित नभएको भन्दै उक्त खवर झुटो भएको जानकारी सचिवालयले जनाएको छ ।
त्यस्तै पत्रकार लामिछानेको सन्दर्भमा मन्त्री पुनले कुनै पनि टिप्पणी र भनाई सार्वजनिक नगरेको मन्त्री पुनका प्रेश संयोजक रोशन खड्काले स्पष्ट पारेका छन् ।
मन्त्रीकोे हवाला दिंदै आएका समाचारहरु सवै असत्य भएको र मन्त्री पुनको भनाई, फोटो र नाम जोडेर नक्कली पत्रिका समेत बनाएको प्रारम्भिक अनुसन्धानका क्रममा फेला पारेको सचिवालले जनाएको छ ।