- खिमराज गिरी
“सहरका सडक, बटुवालाई छैन बाटो” शिर्षंक राष्ट्रिय दैनिक पत्रिकाको लेख पढेपछि केहि लेख्न मन लाग्यो । नेपालमा भएका प्राय सहरहरुमा साँगुरा सडक अनि बाक्ला वस्तीहरुले गर्दा जनजीवन अस्तव्यस्त त छँदै छ एकातिर भने अर्कोतिर साँगुरा सडक र गल्लीहरुले गर्दा पैदल यात्रीहरुलाई बाटोमा हिँड्न निकै कठीनाई भइरहेको छ ।
नेपालको राजधानी शहरको त झन वयान गरी साध्य नै छैन किनकी नेपालमा सरकारी जागिरे लगाएत हरेक प्राइभेट क्षेत्रमा काम गर्ने मानिसहरुको अन्तिम इच्छा भनेको काठमाण्डौमा घडेरी किन्ने र घर वनाउने भएकोले देशभरिका हरेक प्रकारका मानिसहरुको जमघटस्थल वनेको यो शहरमा बाक्ला अव्यवस्थीत वस्ती, साँघुरा सडक अझ चालकको अनियन्त्रित गाडि कुँदाइले गर्दा पदैल यात्रु असुरक्षित भई प्रत्येक दिन सडक दुर्घटनाका खवरहरु सुन्नमा आउँछन् । यसको लागि सरकारले शुरुदेखि नै शहरीकरणको मापदण्डअनुसार सडक, पैदल यात्रीको लागि सुविधाजनक सडक पेटी र अपाङ्गमैत्री सडकको पनि व्यबस्था गर्नुपर्नेमा यसो नभई विगतको लामो समयसम्म सरकारमा वस्ने आधिकारिक व्यक्तिहरुको ध्यान जग्गा र घर दलालको नीति निर्देशनमा चल्ने गरेको कुरा प्रष्टरुपमा थाहा पाउन सकिन्छ ।
यसरी विगतमा जे जस्तो गतिविधि र काम कारवाही भएतापनि वर्तमान सरकारले यस कुरामा ध्यान दिनु नितान्त जरुरी देखिन्छ किनकी काठमाण्डौमा भएका जतिपनि सडकहरु छन् ती सवैमा न पैदल यात्रु, न त अपाङ्ग, बालवालीका, बृद्धबृद्धा आदिको लागि सहज वातावरण छ त्यसैले यसरी शहरको घना वस्तीमा भएका साँघुरा सडक पेटीमा पैदल यात्रुको लागि सहजता र गाडि दुर्घटनालाई न्युनीकरण गर्नको लागि वर्तमान सरकारले निम्न कुराहरुमा ध्यान दिनु नितान्त जरुरी देखिन्छ ।
क) २० वर्ष भन्दा पहिलाका मापदण्ड विपरितका सवारी साधनहरु चलाउन प्रतिवन्ध लगाउने,
ख) चालक र सह चालकहरुलाई नैतिकता र इमान्दारीताको पाठ सिकाउने,
ग) लाइसेन्स वितरण प्रणालीमा आफन्तवाद र भन्सुनवादको गोप्य नीतिलाई निरुत्साहित गरी यदि त्यस्तो गरेको थाह पाएमा सम्बन्धित पक्षलाई हदैसम्मको कारवाही गर्ने,
घ) अभैm पनि उपत्यकाका नगर वसमा यात्रुहरुलाई यात्रा सहज नभएको हुँदा सवारी साधन थप गरी हरेक पायक पर्ने निश्चित स्थानमा मात्र वस रोक्ने र यात्रु चढाउने अन्यथा जताभावी रोकी नियमको उलंघन गर्ने चालक र सह चालकलाई कारवाही प्रकृया अगाडि वढाउने,
ड.)काठमाण्डौ बासीलगायत अन्य मानिसहरु पनि हरेक महत्वपूर्ण कामको लागि विभिन्न मन्त्रालय, पुतलीसडक, डिल्ली वजार, सिंहदरवार, राजदरवार, आदि ठाउँमा जानैपर्ने भएकोले केहि महत्वपूर्ण सरकारी कार्यालयहरु, शैक्षिक संस्थाहरु, विमा कम्पनीका कार्यालयहरु आदिलाई यकिन गरी आवश्यकतानूसार रिङ्ग रोड वाहिर सार्ने हो भनेदेखि सायद सडकमा यातायातको चाप कम हुन्छ र वटुवालाई बाटोको पनि सुविधा हुने हुँदा सरकारले यसतर्पm ध्यान दिन नितान्त जरुरी छ ।
मध्य नेपाल नगरपालिका २, लमजुङ्ग
हाल काठमाण्डौ । ९८५११९२०८८