• २०८२ बैशाख ६ गते शनिवार

योगेन्द्र संग्रौलाकोे काठमाडौं क्षेत्र नं ६ प्रदेश सभा (ख) मा ८० करोडको योजना माग

पढ्न लाग्ने समय : १ मिनेट

बैशाख ३१, बाजुरा । काठमाडौं क्षेत्र नं ६ प्रदेश सभा (ख)मा विकासका लागि ८० करोडको योजना छनौटका लागि माग भएको छ ।

काठमाडौं क्षेत्र नं ६ प्रदेश सभा (ख) का सांसद योगेन्द्र संग्रौलाको विशेष पहलमा ३ नं प्रदेश सरकार, नीति तथा योजना आयोग हेटौंडाद्वारा तारकेश्वर नगरपालिकाको कार्यालयमा आयोजित आ.व २०७६/०७७ का लागि नीति तथा कार्यक्रम योजना तर्जुमा र बजेट निर्माणबारे छलफल कार्यक्रम सम्पन्न भएको हो ।

काठमाडौं क्षेत्र नं ६ प्रदेश सभा (ख) मा तारकेश्वरको मुल सडकका रुपमा रहेको बालाजु बाइपास हुदैं नेपालटार-फुटुङ-साङ्लाबाट गुर्जे भन्ज्याङ्ग जोड्ने सडकका लागि ५० करोड को माग गरिएको छ भने टोखा नगरपालिका वडा नं. १ झोर, तार्केश्वर नगरपालिका वडा नं. १ साङ्ला र तार्केश्वर नगरपालिका वडा नं. २ काभ्रेस्थलीका लागि क्रमश १०-१० करोड खानेपानीका लागि माग गरिएको छ ।

योजना छनोटका लागि भएको छलफल कार्यक्रममा काठमाडौं क्षेत्र नं ६ प्रतिनिधिसभा सदस्य भिमसेन दास प्रधान, प्रदेश सभा सदस्य योगेन्द्र संग्रौला, तारकेश्वर नगरपालिकाका प्रमुख रोमश्वर बोहोरा, उपप्रमुख भवानी डोटेल धिताल, टोखा नगरपालिकाका उपप्रमुख ज्ञानमाया डंगोल, तारकेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिरामणी सुवेदी, तारकेश्वर नगरपालिकाका वडाध्यक्षहरु, टोखा नगरपालिकाका वडाअध्यक्षहरु, विभिन्न पार्टीका प्रतिनिधी, नागरिक समाजका अगुवाहरु लगायतका उपस्थिती रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस