• २०८१ बैशाख १३ गते बिहिवार

प्रथम बाजुरा महत्सव काे तयारी ८० प्रतिशत पूरा

पढ्न लाग्ने समय : १ मिनेट
  • जिल्ला समाचारदाता, बाजुरा

बैशाख ३१, बाजुरा । कृषि जडिबुटि, उद्योग , पर्यटन र व्यापार , समृद्ध बाजुराका लागि विकासको आधार भन्ने मुल नाराका साथ जेठ तीन गते बाट नौ गते सम्म संचालन गरिने प्रथम बाजुरा महत्सवको तयारि करिब ८० प्रतिशत पूरा गरिएको छ ।

महोत्सव बाजुरा उद्योग वाणिज्य संघ को आयोजनामा संचालन गरिने भएको हुदा उद्योग वाणिज्य संघले महोत्सवका लागि चाहिने स्टेज , साउडसिस्टम, बार, स्टल, गेट आदि सबै पूरा गरि सकेको उद्योग वाणिज्य संघ का उपाअध्यक्ष गोरख बोहराले जानकारि दिएका छन । बाकि रहेका काम जेठ दुई गते भित्र गरि सक्ने बोहराले बताएका छन ।

प्रतिक्रिया दिनुहोस