बैशाख ३१, काठमाडौं । काठमाडौं महानगरपालिका २६ भगवानबहालबाट करिब २१ ग्राम तौल भएको संरक्षित वन्यजन्तु कस्तुरीको वीना जस्तो बस्तु १ थान सहित ३ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
वन्यजन्तुसँग सम्बन्धित अपराध अनुसन्धान तथा रोकथामको लागि केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले स्याङजा भिरकोट गाउँपालिका-३ का ३८ वर्षीय चित्रबहदुर थापा, संखुवासभा मकालु गाउँपालिका-३ का ३८ वर्षीय ईन्द्र कुमार राई र संखुवासभा मकालु गाउँपालिका-३ का २८ वर्षीय सन्देश अछामेहरुलाई पक्राउ गरेको हो ।
उक्त स्थानमा संरक्षित वन्यजन्तुको कस्तुरीको वीना जस्तो वस्तु अवैध रुपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको भन्ने सूचना प्राप्त हुनासाथ उक्त ब्यूरोबाट प्रहरी टोली खटिएको थियो । पक्राउ तीनै जनालाई आवश्यक कारवाहीको लागि गत शुक्रबार डिभिजन वन कार्यालय हात्तीसार, काठमाडौं पठाइएको छ ।