• २०८२ जेष्ठ ७ गते मङ्गलवार

केन्द्रीय प्रहरी प्रवक्तामा डीआईजी पोखरेल

पढ्न लाग्ने समय : १ मिनेट

वैशाख ३१, काठमाडौं । नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चार माध्यमहरुमा सम्प्रेषण गर्नका लागि प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेललाई नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता / सूचना अधिकारी तोकिएको छ ।

२७ वैशाखमा एसएसपीबाट डीआईजीमा बढुवाभएक पोखरेललाई आइतबार खनालले फूली लगाइदिएका थिए लगत्तै, उनलाई प्रवक्ता तोकिएको हो । केन्द्रीय प्रहरीडीआईजी समाचार कक्षका अनुसार उनलाई मोबाइल नम्बर ९८५१२९२१११ मा सम्पर्क गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस