बैशाख ३१, काठमाडौं । युवा संघ नेपालको २९औं स्थापना दिवसका अवसरमा आयोजित दौड प्रतियोगिता आज सम्पन्न गरेको छ ।
दौड प्रतियोगिता राष्ट्रिय सभागृह, भृकुटीमण्डपमा बिहान ७ ०० बजे देखि सुरु भएको थियो । दौड प्रतियोगितामा रामेछापका राजेश खड्काले प्रथम, दोश्रो रबि कार्की र तेश्रोमा ओम प्रकाश राई हुनुभएको छ ।
दौड प्रतियोगितामा बिजेताहरुले प्रथम पुरस्कार रु. १५ हजार र स्वर्ण पदक, दोस्रो पुरस्कार रु. १० हजार र कास्य पदक र तेस्रो पुरस्कार रु. ५ हजार र रजत पदक प्राप्त गर्नुभयो भने सम्पूर्ण सहभागीहरुले प्रमाणपत्र प्राप्त गर्नुभयो । पोखराकी जिनी गुरुङले उत्कृष्ट महिला धाबिका को उपाधि जित्दै नगद रु ५००० र प्रमाण पत्र हात पार्नुभयो ।
दौड प्रतियोगिता युवा संघ नेपालको आयोजनामा अन्तर जिल्ला कमिटीको व्यवस्थापनमा भएको हो ।
युवा संघको २९औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा नेकपा नेता योगेश भट्टराई, युवा संघका पुर्व अध्यक्ष राजिव पहारी, नेपाल बार एसोसिएसनका अध्यक्ष वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।
युवा संघ नेपाल को २९औं स्थापना दिवसका अवसरमा हुने स्थापना दिवस बिशेष कार्यक्रम जेष्ठ १ गते दिनको १२ बजे राष्ट्रिय सभा गृहमा गर्दैछ ।