• २०८१ माघ ८ गते मङ्गलवार

मेघगर्जन र हावाहुरीसहित पानी पर्ने

पढ्न लाग्ने समय : १ मिनेट

बैशाख ३१, काठमाडौं । आज काठमाडौँ उपत्यकासहित देशका धेरैजसो पहाडी भेगमा मेघगर्जन र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको छ ।

दिउँसो देशभरि आंशिक देखि सामान्य बदलि रही केहि स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली भूभागहरुमा हल्का देखि मध्यम हिमपातको संभावना छ । पश्चिमी वायुको प्रभाव र स्थानीयवायुको प्रभावका कारण मौसम आशिंकदेखि सामान्यसम्म बदली भई बेलुकीपख मेघगर्जन र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

साथै राति देशभरि आंशिक देखि सामान्य बदलि रही देशका थोरै स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।उच्च हिमाली भूभागहरुमा हल्का देखि मध्यम हिमपातको संभावना मौसम पुर्वानुमान शाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस