चैत्र १, काठमाडौं । काठमाडाैंको हनुमानढोकास्थित वसन्तपुरमा चीर ठड्याइएसँगै होली सुरु भएको छ । वसन्तपुरमा बिहीबार बिहान रंगीबिरंगी कपडाहरुको ध्वजापताकासहितको तीन खण्डे चीर ठड्याइएको हो ।
चीर ठड्याए पछि होली पर्व सुरु भएको मानिन्छ । होली पर्वको शुभारम्भ भएको जानकारी दिन ध्वजा सहितको ची ठड्याउने गरिएको हो ।
बिहीबार बिहान ११ बजेर ५५ मिनेटको साइतमा वसन्तपुरस्थित हनुमानढोका दरबारको दक्षिण पटाङ्गिनी, ऐतिकासिक मोहनकाजी चोक तथा दाखचोकमा ३२ फुट उचाइको तीन खण्डे गजुरजस्तो देखिने रंगीविरङ्गी होलीचीर ठड्याइएको हो ।
फागुन शुक्ल अष्टमीदेखि फागुन शुक्ल पूर्णिमासम्म होली पर्व मनाउने गरिन्छ । यस वर्ष काठमाडौंलगायत पहाडी जिल्लाहरुमा चैत ६ गते बुधबार र तराई मधेसका जिल्लाहरुमा ७ गते बिहीबार होली पर्व परेको छ ।