नवलपुर । पूर्वी नवलपरासीको चोरमारा र डण्डाकोबीच जंगलमा एम्बुलेन्स सडकबाट खस्दा ४ जना घाइते भएका छन ।
अरुणखोला रेडक्रसद्धारा सञ्चालित लु १ च ७४२५ नम्बरको एम्बुलेन्स बिरामी लिएर भरतपुर जाँदै गर्दा अनियन्त्रित भएर पल्टिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । घाइते हुनेमा बिरामी ७४ वर्षीया मान कुमारी जैसी, उनका श्रीमान, छोरा र चालक रहेको प्रहरीले जनाएको छ ।
घाइते उनीहरुको अहिले कालिगण्डकी अस्पताल कावासोतीमा उपचार भइरहेको छ ।