- सागर थापा
फागुन ३०, दाङ । संविधान र कानुन नमान्ने भन्दै एकीकृत जनक्रान्तिको बाटोमा अघि बढेको विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दले दाङ लगाएत देश भर जनजीवन प्रभावित भएको छ ।
प्रहरी प्रशासनले विना कारण आफ्ना नेता तथा कार्यकर्ता गिरफ्तार गरेको विरोधमा विप्लव माओवादीले बन्दको आह्वान गरेको हो । बन्दले दाङ जिल्लाको जनजीवन प्रभावित बनेको छ । बन्दका कारण लामो तथा छोटो दूरीका सवारीसाधन चलेका छैनन् भने बजार, कलकारखाना र विद्यालय कलेज पूर्णरूपमा बन्द रहेका छन् अटो रिक्सा मोटरसाइकलहरु चलेको छन बिहान कलेज गएका विद्यार्थीहरु पनि फर्किएका छन् ।
जिल्लामा रहेका तरकारी पसल, होटल र औषधि पसल भने खुला रहेका छन् जिल्ला प्रहरी कार्यालय दाङले जिल्लाका विभिन्न ठाउँमा व्यापक बाक्लो प्रहरी परिचालन गरेर स्कटिङको व्यवस्था मिलाएको छ चोक चोक र गली गलीमा प्रहरी बाक्लो प्रहरी प्ररिचालन गरिएको छ । कुनै पनि अप्रीय घट्ना तोडफोड र आगजनी नहुन भनेर दाङ प्रहरी व्यापक प्रहरी परिचालन गरिएको दाङ प्रहरी प्रमुख एसपी बेल पान्डेले जानकारी दिएका छ्न।