• २०८० असोज ५ गते शुक्रवार

शान्तिपुर्ण, लोकतान्त्रिक र संवैधानिक व्यवस्थाअनुरुप आउन विप्लवलाई किरण पौडेलको आग्रह

पढ्न लाग्ने समय : १ मिनेट

फागुन २९, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृसंगठन युवा संघ नेपालका उपाध्यक्ष किरण पौडेलले सि क राउत सरह विप्लपलाई पनि स्वागत गर्न सकिने तर विप्लप समूहले पनि शान्तिपुर्ण, लोकतान्त्रिक र संवैधानिक व्यवस्थाअनुरुप आफुलाई अगाडी बढाउनु पर्ने बताएका छन ।

उनले बुधबार आफ्नो सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै भनेका छन विप्लपको यस्ता कदमले नेपाललाई अविछिन्न अस्थिरताको भुमरीमा अल्झाईरहने देशी बिदेशी मिसन हरुलाई मलजल गर्ने उनका क्रियाकलापमाथिको प्रतिबन्ध पश्चात उनीहरुमा रुपान्तरणका लागि समेत दबाब सृजना भएको छ ।

उनले भनेका छन्, “सिके राउतलाई सरह स्वागत अवश्य गर्नु पर्छ बिप्लबलाई सम्भवत होला पनि तर शान्तिपूर्ण, लोक्तान्त्रिक र संबैधानिक ब्यबस्थानुरुप आफुलाई अघि बढाउने त्यस्तै प्रतिबद्दत्ता आएको खण्डमा मात्र,उनका गतिबिधिहरु माथिको प्रतिबन्ध जायज छ अब यस्ता गतिबिधीहरु राज्यले थेग्न सक्दैन । नेपाललाई अविछिन्न अस्थिरताको भुमरीमा अल्झाईरहने देशी बिदेशी मिसन हरुलाई मलजल गर्ने उनका क्रियाकलापमाथिको प्रतिबन्ध पश्चात उनीहरुमा रुपान्तरणका लागि समेत दबाब सृजना भएको छ ।”

प्रतिक्रिया दिनुहोस