• २०८० मङ्सिर १६ गते शनिवार

संसदमा उठ्यो भैसी को कुरो

पढ्न लाग्ने समय : १ मिनेट

फागुन २, काठमाडौं । राष्ट्रियसभाकी सांसद अनिता देवकोटाले बिहीबार बसेको बैठकमा बोल्दै सरकारको एक वर्षे कार्यकाल काण्डैकाण्डमा बितेको बताएकी छन् ।

सभामा उनले प्रधानमन्त्री केपी शर्मा ओलीको ‘हेर्दाहेर्दै भैंसी ब्यायो, दूध पनि दियो‘ भन्ने भनाइको खण्डन गरेकी हुन् । प्रधानमन्त्री ओलीले बुधबार राजधानीमा आयोजित ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ मा सरकारको एक वर्षे सफलता सुनाउँदै ‘हेर्दाहेदैै भैसी ब्यायो १ दूध पनि दियो, पाडी पनि पायो १ ‘ नेपाली जनताले देख्न खोजेको दिन यही हो’ भनेका थिए ।

प्रधानमन्त्री ज्यूले भैसी पनि ब्यायो, दूध पनि दियो भन्नु हुन्थ्यो । भैसी कस्तो ब्यायो ?  दूध कोकोलाई पुग्यो सभाध्यक्ष ज्यू ? ’ सांसद देवकोटाले विशेष समयमा बोल्दै भनिन्, ‘भैसीको दूध सिंहदरबार भित्र मात्रै पुग्ने गरेको छ ।’

प्रतिक्रिया दिनुहोस