फागुन २, काठमाडौं । जनताको जलविद्युत कार्यक्रमको शुभारम्भ गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्षमा इतिहासमै कहिल्यै नभएको काम भएको दाबी गरेका छन् ।
आफ्नो नेतृत्वमा सरकार बनेको एक वर्षमा इतिहासमा कहिल्यै नभएको गतिका साथ काम भएको छ, उपलब्धी भएको छ’ उनले भने । यो पहिलो वर्षलाई सरकारले आधार वर्ष मानेको भन्दै उनले भने, ‘यस्तो मजबुत आधार बनाएको छ कि २ र ४ तले होइन, हजार तले घर बनाए पनि थाम्छ ।’ प्रधानमन्त्री केपी शर्मा ओलीले बताए ।