• २०८१ बैशाख १३ गते बिहिवार

स्थानिय सरकार आएदेखि बिभिन्न कामहरुमा सक्रिय देखिएका

पढ्न लाग्ने समय : २ मिनेट

मंसिर २७ दाङ । स्थानिय सरकार आएदेखि बिभिन्न कामहरुमा सक्रिय देखिएका जनप्रतिनिधिहरुले अहिले गाउ गाउँमा बिकास निर्माणका कामहरुलाई तिब्र बनाउदै गईरहेका छन् ।

बिभिन्न समिति निर्माण गर्दै जनताहरुको दुख सुखको साथी बन्दै आईरहेको स्थानिय सरकारको अहिले खुलेर जय जयकार गर्न थालिएको छ । स्वच्छ सहर बनाउने सवालमा होस् अथवा अन्य गाउघरमा देखिएका समस्याहरु हुन सबै कुरालाई छलफल र सहकार्य गर्दै त्यसको समाधानका लागी अहिले स्थानिय सरकारहरु जुटेको देख्न सकिन्छ ।

हाम्रो तुलसीपुर राम्रो तुलसीपुरको नारा गुन्जिए सँगै तुलसीपुर उपमहानगरपालिका भित्र अहिले बिभिन्न किसिमका राम्रा कामहरु हुदैँ आईहेका छन् । पछिल्लो पटक तुलसीपुर उपमहानगरपालिकाले तुलसीपुर उपमहानगरपालिका भित्र रहेका सबै पसलहरु दर्ता प्रकृयामा जान निर्देशन समेत दिएको थियो ।

त्यहि अनुरुप तुलसीपुर उपमहानगरपालिका वडा नं १८ ले मंगलबार देखि लगातार बजार अनुगमनलाई तिब्र बनाएको छ । कुन(कुन पसलहरु कुन कुन मापदण्ड अनुसारले चलिरहेका छन् , दर्ता गरे अनुसारको सर(समानहरु बिक्रि बितरण भईरहेको छ कि छैनरु नेपाल सरकारले बन्देज गरेका सामाग्रीहरु बिक्रि बितरण गरिएको छ वा छैन्रु यी यावत कुराहरु अनुगमन भित्र परेका छन् ।

साथै बिजौरी बजार वरिपरि रहेका घुम्तीहरु सबै हटाईएको छ र दर्ता नगरेरै सञ्चालन गरिएका पसलहरुलाई यहीँ मंसिर मसान्तसम्म दर्ता नगरे कारबाई समेत गरिने तुलसीपुर उपमहानगरपालिका वडा नं १८ का वडा अध्यक्ष माधव वलीले बताउनुभयो ।

साथै बजार अनुगमनलाई अझै कडाईका साथ अघि बडाउदै सभ्य बजारको निर्माण गर्न छलफल भईरहेको भन्दै अब केहिदिन भित्रै यहाँ रहेका स्कुल हातादेखि सय मिटर वरिपरि सुर्तीजन्य पदार्थ र मादकपदार्थ बिक्रि वितरण भईरहेको पाईएमा कारबाई समेत गरिने प्रकृया अघि बडाउन थालेको उहाँले बताउनुभयो ।

मंगलबार र बुधबार बिजौरी बजार अनुगमन गरिसकिएको र बिहिबारबाट पुनः हेमन्तपुर, बेलझुण्डी, दुधरास हुदैँ गाउगाउमा अनुगमन भईरहेने वडा सचिव निर्मल रेग्मीले जानकारी दिनुभयो । जनप्रतिनिधि,कर्मचारीहरु,नेपाल पुलिस, उद्योग बाणिज्य संघ सबैको प्रत्यक्ष सहभागीतामा बजार अनुगमन भएको हो । यो अनुगमन अझै सोमबार सम्म चल्ने तुलसीपुर उपमहानगरपालिका वडा नं १८ का वडा सदस्य धन बहादुर बस्नेतले बताउनुभयो १

प्रतिक्रिया दिनुहोस