मंसिर, २७ काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को शुक्रबार बस्ने भनिएको सचिवालय बैठक नबस्ने भएको छ ।
नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार नेताहरुको व्यस्तताका कारण आज बोलाइएको बैठक सारिएको हो । बैठक शनिबार वा आइतबार बस्ने भन्ने टुंगो लागि नसकेको बताएका छन ।
गएको मङ्सिर १४ गते बसेको स्थायी कमिटी बैठकको कार्यसूची, उपचुनावको समीक्षा, बाँकी रहेका साङ्गठनिक कार्यलगायतका बारे छलफल गर्न नेकपाको सचिवालय बैठक शुक्रबारका लागि बोलाइएको थियो ।