• २०८१ बैशाख १३ गते बिहिवार

अनुष्काले जितिन् मिस वर्ल्ड मल्टिमिडिया अवार्ड

पढ्न लाग्ने समय : १ मिनेट

मंसिर, २७ काठमाडौँ । मिस नेपाल–२०१९ अनुष्का श्रेष्ठले ‘मिस वर्ल्ड प्रतियोगिता’ मा मल्टिमिडिया अवार्ड जितेकी छन् ।

लण्डनमा जारी मिस वर्ल्ड प्रतियोगितामा श्रेष्ठ शीर्ष ४० मा पर्दै दोस्रो चरणको ‘हेड टु हेड च्यालेन्ज’ मा पुगेकी थिइन् । अब हुने फाइनल राउण्डमा उत्कृष्ट प्रस्तुति दिने उनले बताएकी छिन् ।

हेड टु हेडबाट अन्तिम १० मा पुगेसँगै अनुष्काले शनिबार हुने मिस वर्ल्डको फाइनल राउन्डमा शीर्ष ४० प्रतिस्पर्धीसँगै प्रतिस्पर्धा गर्नेछिन्। मिस

मल्टिमिडिया अवार्ड जितेपछि उनले सामाजिक सञ्जालमार्फत आफ्ना समर्थक र शुभेच्छकलाई धन्यवाद दिएकी छिन् । मिस वर्ल्डको फाइनल प्रतिस्पर्धा डिसेम्बर १४ तारिखमा हुँदैछ।

प्रतिक्रिया दिनुहोस