- सागर थापा/महेन्द्र सिंह (क्राईमबिट)
कार्तिक २७, बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले दुर्घटना न्यूनीकरण गर्न विभिन्न सडकमा रिफ्लेक्ट स्टिकरहरु लगाएको छ । नेपालगन्ज कोहलपुर सडक खण्डमा लापरवाही रुपमा सवारी साधन चलाउदा बढि दुर्घटनाहरु हुने गरेको पाईन्छ ।
असोज १२ गते देखि कात्र्तिक २५ गतेसम्म मात्र २९ वटा सवारी दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरीको तथ्यांकमा रहेको छ । दुर्घटनामा परि ७ जनाको ज्यान गएको छ भने ३७ जना घाईते भएका छन । दुर्घटनामा परि २ वटा छाडा चौपाएको समेत मृत्यु भएको हो । खुल्ला सडक र तिब्र गतिका कारण सडक दुर्घटना भएको हुदा सडकमा रिफ्लेक्ट स्टिकरहरु राखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका तट्राफिक प्रमुख पबिन्द्र बमले बताए । बमले भने दशै तिहारको बिचमा मात्र ट्राफिक प्रहरीले बाँके जिल्ला भरि करिब दुई हजार छ सय ६४ जनालाई कारबाहि गरीएको हो । त्यसमा पनि मापसे गर्ने १२ जनालाई कारबाही गरिएको बमले जनाए ।
बाँके ट्राफिक प्रमुख बमले भने ट्राफिक प्रहरीको एकल प्रयासबाट मात्र सडक दुर्घटना न्युनिकरण सम्भब नभएको हुदा सबैले सवारी चलाउदा ट्राफिक नियकको पालनाका गर्न पनि आग्रह गरे ।