• २०८१ माघ ९ गते बुधवार

राष्ट्रिय अनुसन्धान विभागका सूचक नै घुस रकमसहित पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक २७, सप्तरीं । राष्ट्रिय अनुसन्धान विभाग, जिल्ला कार्यालय, सप्तरी दरबन्दीका सूचक धर्मेन्द्रकुमार झा घुस रकमसहित नियन्त्रणमा परेका छन ।

राष्ट्रिय अनुसन्धान विभाग, जिल्ला कार्यालय, सप्तरीमा दरबन्दी रही सप्तरी जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिका अन्तर्गतका सिमा नाका हेर्ने गरी खटिएका सूचक पदमा कार्यरत धर्मेन्द्रकुमार झाले भन्सार नाकाबाट सामान ल्याउन सहजीकरण गरी दिने भनी सेवाग्राहीबाट घुस माग गरेका हुन ।

विशेष उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिई गएको टोलीले उनलाई रु ५,०००।–घुस लिइसकेको अवस्थामा सप्तरी हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. १४ स्थित, मल्हनियाँबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस