• २०८२ बैशाख ६ गते शनिवार

वीरगञ्जमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु ,एक जना घाइते

पढ्न लाग्ने समय : १ मिनेट

असोज २६ ,वीरगञ्ज । वीरगञ्जमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु ,अर्का एक जना घाइते भएका छन् ।

दुर्घटनामा वेथान नगरपालिका–७, दार्चुलाकी ४० वर्षीया विसन खत्रीको मृत्यु भएको हो । वीरगञ्ज–१४ स्थित चिनिमिल आवासक्षेत्रमा बस्दै आएकी उनलाई वीरगञ्जबाट गण्डकतर्फ गइरहेको ना ६१ प ४४५१ नम्बरको मोटरसाइकलले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

ठक्करबाट घाइते खत्रीलाई तत्काल उद्दार गरी गण्डकस्थित वीरगञ्ज हेल्थ केयर अस्पतालमा लागिएको थियो । हेल्थ केयर अस्पतालमै उपचारको क्रममा उनको मृत्यु भएकोे जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्साका प्रमुख ट्राफिक प्रहरी निरीक्षक राजकुमार सिंहले जानकारी दिए ।मोटरसाइकलसहित वीरगञ्ज–३१ बस्ने त्यसका चालक भरत भण्डारी थारुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस