• २०८१ जेष्ठ ११ गते शुक्रवार

३ लाख भारतीय नोटसहित एक जना पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

असोज २६ बर्दिवास । महोत्तरीको मटिहानी–जलेश्वर सडकखण्डबाट तीन लाख भारतीय नोटसहित एक जनालाई –सशस्त्र प्रहरीबलले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा महोत्तरी मटिहानी नगरपालिका–८ घर भएका २२ वर्षीय राजकुमार साह रहेका छन् । साह शनिवार राती ज७ प ३३९५ नम्बरको मोटरसाइकल चढी मटिहानीबाट जलेश्वर जाने क्रममा मटिहानी नपा–९ स्थित जलसागर पोखरी नजिकै पुगेपछि गस्तीमा खटिएका सशस्त्र प्रहरीले शंकाको आधारमा चेक जाँच गर्दा उनी पक्राउ परेको सशस्त्र प्रहरी उपरीक्षक निरकृष्ण अधिकारीले जानकारी दिए ।

सशस्त्र प्रहरीले उनको साथबाट स्रोत नखुलेको तीन लाख भारतीय रुपैया बरामद गरेको हो ।

पक्राउ परेका साह अवैधरूपमा नेपाली र भारुको सटही कारोवारमा संलग्न रहेको र उनलाई आवश्यक कारवाहीका लागि आन्तरिक राजश्व कार्यालय पथलैया पठाउने तयारी भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस